खेल

राष्ट्रिय महिला फुटबल : एपिएफ क्लब विजयी

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा एपिएफ क्लब विजयी भएको छ । सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको हो ।

एफिएफ क्लबले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो । एपिएफ क्लबको यो लगातार दोस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले मध्यान्तरअघि नै ४–० गोलको अग्रता बनाएको थियो । मध्यान्तरपछिको खेलमा एपिएफले थप तीन गोल गरेको थियो । खेलको नवौँ मिनेटमा एपिएफकी अनिता केसीले पहिलो गोल गरेकी थिइन् । खेलको २५ औँ मिनेटमा सावित्रा भण्डारीले आफ्नो पहिलो गोल गरिन् ।

खेलको ४२ औँ मिनेटमा भण्डारीले नै दोस्रो, खेलको ७४ औँ मिनेटमा भण्डारीले नै तेस्रो तथा खेलको ८९ औँ मिनेटमा चौथो गोल गरेकी थिइन् । यस्तै अनिता केसीले खेलको ३५ औँ मिनेटमा दोस्रो गोल गरेकी थिइन् । यसैगरी एपिएफकी सरु लिम्बुले खेलको ७२ औँ मिनेटमा गोल गरेकी हुन् । खेलको प्लेयर अफ दी म्याच सरु लिम्बु घोषित भइन् । एपिएफले पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले हराएको थियो ।

विराटनगरले भने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकासँग एक एक गोलको बराबरी खेलेको थियो । महिला लिग फुटबलअन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जानकारी दिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत