विश्व

विवाह बन्धनमा बाँधिए वरुण धवन र नताशा दलाल

एजेन्सी । बलिउड अभिनेता वरुण धवन र नताशा दलाल वैवाहिक जीवनमा प्रवेश गरेका छन् । उनले लामो समयको प्रेम सम्बन्धपछि नताशा दलालसँग आइतबार विवाह गरेका हुन् ।

उनले अलिबाघमा रहेको दरबारमा विशेष समारोहकाबिच नताशासँग विवाह गरेका हुन् । वरुण धवनले विवाहको तस्बिर इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् ।

नवविवाहित जोडीलाई बलिउड स्टार तथा कलाकारहरुले बधाई तथा शुभकामना दिएका छन् ।

धवनले विवाहको तस्बिर पोस्ट गरि हार्ट इमोजीसहित लेखेका छन्, ‘लाइफ लङ्ग लभ जस्ट विकेम आफिसियल’ ।

गाउँ सहर डेस्क

तपाईँको मत