समाज

टिपरको ठक्करबाट दुई जनाको मृत्यु 

बर्दिवास । टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको हो । जिल्लाको औरही नगरपालिका–४ कठुधारमा सोमवार विहान ८ः३० बजे ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाईकललाई ठक्करदिदां मोटरसाईकलमा सवार दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रंजन मिश्रले जानकारी दिएका छन् । 

मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधारका महबुल नदाफका १३ वर्षिय छोरा गुड्डु नदाफ र ठेगाना खुल्न नसकेको २० वर्षिय प्रमोद राम रहेका छन् । गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौकमा सम्सीबाट गौशाला तर्पm आउँदै गरेको टिपरले दुवै जना सवार मोटरसाईकललाई ठक्कर दिएको थियो ।

घटना लगत्तै स्थानीयहरुले सडक अवरुद्ध गरि प्रर्दशन गरिरहेका छन् । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएकोे प्रहरी निरीक्षक मिश्रले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत