जीवनशैली

भगवानको पूजा बिहान गर्नुकाे कारण यस्ताे छ

सामान्यतया भगवानकाे पूजापाठ बिहान गरिन्छ । पूजा गर्नका लागि बिहानको समय सबै भन्दा महत्वपूर्ण मानिन्छ । हुनत दिनभर जुन कुनै समयमा पनि सच्चा मनले भगवानको आराधना गर्न सकिन्छ । तर मुहूर्तमा पूजा गर्नुको विशेष महत्व हुन्छ ।

बिहान-बिहान पूजा गर्दा हाम्रो मन पनि एकाग्र हुन्छ । निद्राबाट उठ्दा मन शान्त र स्थिर रहेको हुन्छ । यताउताको कुरामा हाम्रो दिमाग गएको हुँदैन् । भगवानको भक्तिका लागि मनको एकाधिकार एकदमै महत्वपूर्ण छ । 

दिउँसाे हामीले अन्य समय कयौँ काममा बिताउने गर्दछौँ । जसका कारण हाम्रो मस्तिष्क पूर्ण रुपमा प्रभावित हुने गर्दछ । कामले गर्दा मन अशान्त हुने गर्दछ । त्यस्तो हुँदा कुनै बेला अधार्मीक कुरामा पनि मन पुग्ने गर्दछ । यस्तो अवस्थामा पूजा गर्न निकै मुस्किल हुने गर्दछ । त्यसैले यी कुरालाई मध्यनजर गर्दै बिहानको मुहूर्त पूजाका लागि निकै उत्तम हुने गर्दछ ।

बिहान पूजा गर्दा दिनभर आनन्द

जहाँ शान्ती र कुनै पनि अधार्मीक कुरा नहुने पूजाबाट भगवान प्रसन्न हुने गर्दछन । बिहान गरेको पूजाको प्रभावबाट हाम्रो मनमा यति धेरै शक्ति प्राप्त हुन्छ की हाम्रो तनाव तथा समस्या हटने गर्दछ । दिमाग तिब्र रुपमा चल्दछ । त्यसैले हामीले एकमाथ कयौँ योजना बनाएर काम गर्न सक्छौँ । यस कारण बिहान पूजा गर्ने परम्परा चलिआएको हो । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत