वातावरण

महाशाखा भन्छ- साेमबारपनि चिसाे छ जाेगिनुहाेस् है ! केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

महाशाखाका अनुसार माघ १२ गते (सोमबार) दिउसो देशका प्रदेश नं. १, गण्डकी प्रदेश र सुदूर-पश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूर-पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राती  प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखा भन्छ- देशको सुदूर-पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत