प्रेरणा

बोलीमा मिठास भए सबैजना तपाईंको कुरा सुन्न जहिल्यै तयार हुन्छन्

काठमाडौँ । तपाईं हाम्रो बोली बचन मिठो भए सबैजनाको केन्द्र बनिन्छ । तर रुखो भए कोहिपनि छेउ पर्दैनन् । यसै सन्दर्भमा यो घटना मनन गरौँ ।

स्वामी विवेकानन्दसँग मानिसहरु अनेक तरिकाका प्रश्न सोध्दथे । उनी केहि प्रश्नको जवाफ तुरुन्तै दिन्थे । तर, केहि प्रश्नको जावफ प्रतिक्षापश्चात मात्र दिन्थे । त्योबेला मानिसहरु सोच्थे कि यो प्रश्नको उत्तर कुनै उदाहरणसहित र तार्किक ढंगबाट दिनेछन् ।

एकदिन कसैले स्वामीसँग सोधे- तपाईंको हिन्दू धर्ममा अनेक घटना बताइएका छन् । हामीले सुनेका छौँ कि जब कृष्ण मुरली बजाउँथे तब गाई दौडिएर उनीसँग पुग्थे । यस्तो कहिल्यै हुन्छ ? गाईलाई के सुनिन्थ्यो ? त्यो समय त्यहाँ को थियो ? सबैले यो प्रश्न सुने र स्वामीको जावफ जान्नको लागि उत्सुक भए ।

कृष्णको कुरा सुनेर स्वामीले सो समय केहि बोलेनन् । कृष्णको मुरलीमा केहि भन्नुभन्दा पहिले तयारी हुनु थियो । उनले भने- यसको उत्तर म केहि समय पछि दिन्छु ।

धेरै दिन बित्यो तर उनले प्रश्नको उत्तर दिएनन् । उनी एकदिन अत्यन्तै सुन्दुर व्याख्यान दिइरहेका थिए । सबैलाई उनको कुरा राम्रो लागिरहेको थियो । तर स्वामीले व्याख्यान पूरा गरेनन र बीचमा बोल्न बन्द गरेर उनी हिँडे ।

मानिसहरुको सुन्ने चाहना अधूरो रह्यो । स्वामी हिँडेपछि मानिसहरु उनको पछि पछि गए र व्याख्यान पूरा गर्न अनुरोध गरे ।

विवेकानन्दले भने- केहि दिन पहिले कसैले मलाई सोधेको थियो कि बाँसुरी सुनेर गार्ई दौडिएर कसरी जान्थे ? मजस्तो साधारण मनुष्यको अधूरो कुरा सुन्नको लागि तपाईं सबै मेरो पछि पछि जसरी दौडनुभएको छ, सोच्नुहोस् त, स्वयं भगवान कृष्ण छन् । उनको मुरली कति प्रभावी होला ?

विवेकानन्दबाट यो कुरा बुझ्न सकिन्छ कि यदि वाणीमा मिठास भए हाम्रो कुराको प्रभाव पनि बढ्दछ । मानिसहरु हाम्रो कुरा सुन्नको लागि जहिल्यै तयार रहन्छन् । बोलीमा मिठास भएको कारण हाम्रो आकर्षण बढ्दछ । यसकारण सोच-विचार गरेर, तर्कसँग मिठासयुक्त वाणीको उपयोग गर्नु पर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत