समाज

रामेछापमा अपराधमुक्त समाज निर्माण पहिलाे प्राथमिकता : डिएसपी ढुंगाना

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) नवराज ढुंगानाले शान्तिसुरक्षा कायम तथा अपराध नियन्त्रण गरि अपराधमुक्त समाज निर्माण पहिलाे प्राथमिकता भएकाे बताएका छन् ।  

रामेछापमा भरखर सरुवा भएर आएका डिएसपी ढुंगानाले जिल्लाको शान्तिसुरक्षा र अपराध रोकथामको क्रममा कुनै राजनितिक दलको प्रभाव र दबाबमा नपर्ने बताएका छन् । 

आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार, राजनीति दलका जनप्रतिनिधि तथा उद्योगीसँग भेटघाट कार्यक्रममा उनले कानून् ताेड्ने जाेसुकै अनसन्धानकाे दायरका पर्ने बताएका हुन् ।

जिल्लामा कार्यरत रहुन्जेल समुदाय र प्रहरीबी साझेदारी गरेर अघि बढ्ने तर गुण्डागर्दी र जघन्य विषयका कुनै लचकता नअपनाउने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

डिएपी ढुंगानाले भने- समाजलाई अपराधमुक्त बनाउन राजनीतिक दल, पत्रकार, व्यवसायी, स्थानीय समुदाय लगायतकाे पनि उत्तिकै सहयाेगकाे आवश्यकता औंल्याए । 

गाउँ सहर संवाददाता

तपाईँको मत