वातावरण

पोखरा सरसफाई गर्ने अभियानमा अग्रसर हुँदै  हिल हिमालयज

पोखरा । “प्रकृतिलाई पुनःजीवन” भन्ने मुलमन्त्रका साथ हिल हिमालयजले ३० औँ पोखरा सरसफाई अभियान सम्पन्न गरेको छ ।

करीब ६० जना अभियन्ताहरु जोडिएको सो अभियानमा विना कुनै स्वार्थ प्रकृतिको संरक्षण गर्ने उद्धेश्यले अभियान संचालन गरिएको हिल हिमालयजका संयोजक रोशन गुरुङले बताए ।

३० औँ संस्करणमा आईपुग्दा यस संगठनले डाँडापाखाहरुको लगभग फोहोर संकलन गरि करिब ४३ हजार किलो फोहोर महानगर पठाईसकेको र हाल ल्याण्डफिल्डमा विशेष गरेर ताल आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गर्ने कार्यमा जुटेको छ ।

यसका निम्ति संगठनले सम्वन्धित वडासँग समन्वय गरी कार्य गरिरहेको छ भने फोहोर व्यवस्थापनको लागि वडाले गाडी उपलब्ध गराउने गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत