समाज

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

वीरगंज । बारा र रौतहटमा आज बिहान भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बाराको पर्वानिपुर गाउँपालिका–४ चैनपुरमा ट्रकको ठक्करबाट पैदल यात्री भारतीय नागरिकको मृत्यु भएको हो ।

प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गुप्ताको उपचारका क्रममा बीरगंजस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यानका चालकको घटनास्थलमै मृत्यु भएको छ ।

ना ५ त ९२ ८३ नम्बरको ट्याक्टरमा ना १ ज ४८९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुडा नगरपालिका वडा नम्बर ९ निवासी राजेशकुमार सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत