स्वास्थ्य

काेराेना अपडेटः ४०३ जना निकाे, २७० नयाँ संक्रमित थपिए, ७ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप  ४०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार १३७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत