समाज

लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं । लागूऔषधसहित चारजना पक्राउ परेका छन् । मोरङबाट लागूऔषधसहित आइतबार चारजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई, सोही ठाउँका २४ वर्षीय सिजन भनिने नवराज राई, १९ वर्षीय साजन राई र भोजपुरको साल्पासिलोछो गाउँपालिका २ का १९ वर्षीय निराज राई रहेका छन् ।

पथरी शनिश्चरे नगरपालिका वडा नंम्बर ४ स्थित उनीहरु बस्ने कोठा खान तलासी गर्दा ६३० मिलिग्राम ब्राउनसुगर, ७६ ग्राम गाँजा, बिभिन्न हात हतियारमा लाग्ने ४ थान गोली, एक थान गोलीको खोका लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत