कला

फिल्म ‘पठान’ को सुटिङ्गको क्रममा निर्देशकले खाए झापड

एजेन्सी । शाहरुख खानको फिल्म ‘पठान’ केही समयदेखि चर्चामा रहेको छ । फिल्मकोे सुर्टिङको क्रममा झडप भएको खबर बाहिरिएको छ । फिल्मका निर्देशक सिद्वार्थ आनन्दलाई असिस्टेन्ट निर्देशकले थप्पड हानेका छन् । निर्देशक आनन्दको कुरा नमानेपछि विवाद सुरु भई कुटपिटसम्म पुगेको एक एजेन्सीले जनाएको छ । उक्त फिल्ममा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको लिड रोल रहेको छ जनाइएको छ । 

सुर्टिङ हुँदाहुँदै एक्कासी हनाहान भएपछि सेटमा भएका सबैजना छक्क परेका थिए । आनन्द सुर्टिङको क्रममा धेरै रिसाएका थिए । आनन्द एक असिस्टेन्टको कामदेखि खुशी थिएनन् । उनले शुर्टिङको समयमा कसैले फोनको प्रयोग नगरुन भन्ने चाहान्थे । तर असिस्टेन्टले उनको कुरालाई ध्यान नै दिएका थिएनन् । यसपछि आनन्द र असिस्टेन्टबीच ठुलो स्वरमा भनाभन समेत भएको थियो ।

भनाभनबाट सुरु भएको विवाद कटपिटमा परिणत भएको थियो । असिस्टेन्टले आनन्दमाथि नराम्रा आरोप लगाएका थिए । आफुमाथि विभिन्न आरोप लगाएपछि आनन्दले पनि असिस्टेन्टमाथि झापड हाने । असिस्टेन्टले तुरुन्तै आनन्दलाई झापड हानेर जवाफ फर्काएका थिए ।

त्यसपछि भोलीपल्ट मात्रै शुर्टिङ सुरु भएको थियो । तर असिस्टेन्टलाई तुरुन्त कामबाट निकालेको बताइएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत