समाज

स्कुल सञ्चालक २ करोड ७५ लाख ठगी आरोपमा पक्राउ 

काठमाडौँ । स्कुल सञ्चालक दुई करोड ७५ लाख ठगी आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जन रहेका छन् । 

उनीहरुलाई शनिबार काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि रु दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ ।

उनीहरुले पीडितलाई बैना रकम समेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिएका छन् ।

उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरीले जनाएको छ ।  

उनीहरुविरुद्ध गत वर्षको फागुनमा उजुरी परेको थयो । आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोही घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको हुँदा उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत