समाज

बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

वीरगञ्ज । बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्जमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा  भारतको चम्पारण घर भई वीरगञ्ज महानगरपालिका २ छपकैया बस्ने ३६ वर्षीय नेहाल मिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साले मियालाई  शनिबार बिहान पक्राउ गरेको जनाएको छ । उनका अनुसार घटना गत शुक्रबार राति १० बजे भएको थियो।

मिया र पीडितका बुवा साथी हुन् । उनीहरू भारतसँगको सीमा क्षेत्रमा डेरा गरी बस्छन्  डिएसपी कुँवरले भने, शुक्रबार राति मिया पीडितको घरमा बस्न गएका थिए। राति कोही नभएको मौकामा बालिकामाथि बलात्कार गरे।

बालिका चिच्याएपछि मिया घटनास्थलबाट भागेका थिए। उनलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको जनाएको छ । उनीमाथि प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

आइतबार उनलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत