अर्थतन्त्र

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?

काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको हो । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतबार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार सोही मूल्यमा कारोबार भएको महाुसंघले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत