प्रेरणा

‘जो व्यक्ति एक्लो रहन्छ..., उसलाई सफलता सजिलैसँग हाता लाग्दैन’

काठमाडौँ । भनिन्छ समूह नै बल हो । समूहमा हरेक किसिमका समाधान हुन्छन र प्रगति गर्नमापनि समूहको ठूलो हात हुन्छ । "मै खाउँ, मै लाउँ सुख सयल सबै मै गरौँ", धेरै कममा मात्र लागू हुन्छ रैपनि अपूर्ण । यसकारण हरेक कार्यको पछाडि एक्लो भन्दा समूहकै भूमिका महत्वपूर्ण हुन्छ ।

यसै सन्दर्भमा एक कथा मनन् गरौँ ।

प्राचिन समयमा एक गुरुकुलमा धेरै शिष्य थिए र सँगसँगै शिक्षा प्राप्त गरिरहेका थिए । सबै शिष्यलाई बस्नको लागि अलग-अलग स्थान दिइएको थियो । एक शिष्य सबै शिष्यसँग मिलेर बस्दथे । हरेक काममा उ सबैको सहयोग गर्दथ्यो । केहि समयपछि अचानक ति शिष्य एक्लै बस्न थाले ।

आश्रममा कसैले यो बुझ्न सकेनन् कि उ किन एक्लै बस्न थाल्यो ? सबै शिष्यले आफ्ना गुरुलाई यो कुरा बताए । त्यसपछि एक साँझ गुरु ती शिष्यको कुटिमा पुगे । चिसो समय थियो । शिष्यले आफ्नो कुटिमा थोरै दाउरा बालेर उ आनन्दले बसेका थिए ।

गुरु शिष्यको कुटिमा पुग्नेबित्तिकै शिष्यले अत्यन्तै सामान्य अभिवादन गरे र आफ्नो स्थानमा गएर बसे । गुरुपनि उसँगै बसे । लामो समयसम्म दुबै चुपचाप रहे । गुरु उठे र उनले बल्दै गरेको दाउरामध्ये एक निकालेर अलग राखे ।

शिष्यले यो हेरिरहेका थिए, केहि समयमा अलग राखिएको दाउरा निभ्यो । गुरु उठे र उनले त्यो निभ्दै गरेको दाउरालाई अन्य बलिरहेको दाउराको बिचमा घुसाइदिए । त्यो दाउरा फेरी बल्न थाल्यो ।

त्यसपछि गुरु बाहिर निस्कन लागेका थिए । शिष्यले भने- गुरुदेव तपाईंको सन्देश मैले बुझेँ । हामीलाई सधैँ संगठनमा रहनुपर्दछ । एकसाथ भएमा जस्तै समस्यापनि सजिलैसँग हल गर्न सकिन्छ । एक्लो रहेमा साना समस्यापनि अत्यन्तै कठिन हुने गर्दछ । साना काममा पनि सजिलैसँग सफलता प्राप्त गर्न सकिन्न ।

गाउँ सहर डेस्क

तपाईँको मत