वातावरण

आज आइतबार, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना

फाइल तस्बिर ।

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदूर-पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

महाशाखाका अनुसार, माघ ११ गते (आइतबार) दिउसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ  । सुदूर-पश्चिम र प्रदेश न. १ को हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राती देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएकाे छ ।

महाशाखाले भनेकाे छ- देशको उच्च हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत