जीवनशैली

‘सूर्य एक प्राकृतिक चिकित्सालय’

प्राकृतिक चिकित्सकीय मान्यता अनुसार जुन घरमा घाम अर्थात सूर्यकाे प्रकाश छिर्दैन त्यस घरमा डाक्टरले प्रवेश गर्दछ । 

सूर्याेदयदेखि सूर्यास्तसम्म यसबाट निस्कने किरणहरूमा औषधीय गुणकाे भण्डार हुन्छ भनिन्छ । र त्याे हामीले भाेगेकै कुराहरू पनि हुन् । 

यदि हाम्राे शरीमा भिटामिन डिको कमी छ भने त्यसकाे मुख्य स्राेत भनेकै घामकाे किरण हाे । भिटामिन डि काे लागि हामीले न चक्की न फलफूल र सागसब्जी पनि खोजिरहनु पर्दैैन । शरीरमा घामको स्पर्श गराए पुग्छ ।

प्राकृतिक चिकित्साले त्यसकाे पुष्टि गरिसकेकाे पनि छ । घामको किरण शरीरमा स्पर्श हुँदा शरीरको प्रतिरक्षा क्षमता बढाउछ । 

यदि सूर्यकाे प्रकाश भएन भने चराचर जगत असम्भव प्राय छ । त्यसैले सूर्य प्राण र उर्जाको स्रोत हो । हामीले देख्ने रंगको स्रोत पनि त्यही घामको किरण हुन् । जीवन र जगतका लागि घाम कति महत्वपूर्ण छ भन्ने कुरा पूर्खाँदेखि बिहान उठेर सूर्यलाई जल चढाउ परम्पराले पुष्टि गर्दछ ।

हामीले घामलाई भगवानको रुपमा पूज्नुको अर्थ पनि त्यहि हुनसक्छ । घामको अनुपस्थितीमा हाम्रो अस्तित्व छैन । हाम्रा पूर्खाहरुले सुर्यको उपासना गर्दै आएका छन् । र, सुर्य नमस्कारसँगै दिनको सुरुवात गर्दै आएका छन् ।

हाम्राे शरीरमा सुर्यको किरणले परेपछि रगतमा उष्णता आउँछ र रक्तसंचारको गति बढ्न थाल्छ । यो रगतमा अर्गोसटेरोल नामक पदार्थ हुन्छ, जुन सूर्यको किरणद्वारा ‘भिटामिन डी’ मा परिणत हुन्छ । जसले आन्द्रामा एसिडलाई नियन्त्रित गर्छ र भोजनमा रहेको क्यालिसयम र फास्फोरसलाई ग्रहण गर्न सहायता प्रदान गर्छ । यसले दाँत तथा हड्डीको समेत  निर्माण गर्न सहायता प्रदान गर्छ । सूर्यको किरणले शरीरको भित्रैसम्म पसेर मानव शरीरको सम्पूर्ण तन्तुहरुलाई जीवन प्रदान गर्छ । घामको किरणलाई नियमित रुपमा सेवन गर्नाले रातो र सेतो रक्तकोषिकाको संख्यामा वृद्धि हुने गर्छ  ।

घामको किरणले मानसिक स्वास्थ्यमा पनि निकै ठूलो प्रभाव पार्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै मानसिक विकार हटाउन समेत मद्दत गर्छ । शरीरमा रहेका हानिकारक किटाणु नष्ट हुने गर्छ । यसको प्रभावकै कारण शरीरको प्रत्येक क्रिया सही तरीकाले हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत