राजनीति

प्रम ओलीले भ्रष्टाचारलाई संस्थागत गरे - राप्रपा अध्यक्ष डा. लोहनी

धनुषा, जनकपुर । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रम ओलीले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका छन् ।

डा. लाेहनीले वाइडवडी, ओम्नी, ललितानिवास, यति समूहलगायत विवादित विषयमा प्रत्यक्ष सरकारी सहभागीताको कारण मुलुकको अर्थतन्त्र डामाडोल भएको भन्दै प्रम ओलीले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका हुन् ।

मुलुकको समृद्धिको निमित्त अर्थ र राजनीति दुवै सुरक्षित ढंगले बढनु पर्नेमा प्रम ओलीले मुलुकको अर्थतन्त्र धरापमा परेको कारण राजनीति सुरक्षित नरहेको बताए ।

धनुषाको जनकपुरमा राप्रपा जिल्ला स्तरिय भेलालाई  सम्वोधन गर्दै डा. लोहनीले कानुनी राज्य स्थापनाको लागि पनि सर्वोच्चको फैसलाले देशको भविष्यको अस्तित्वलाई  दुरगामी प्रभाव पार्ने बताए । 

प्रधानमन्त्री कार्यालयको रवरछापको रुपमा राष्ट्रपति कार्यालय रहेकोले राष्ट्रपतीय व्यवस्थाबाट मुलुकले अभिभावकीय भूमिका निर्वाह हुन नसकेको कारण संविधान भित्रको राजसंस्थाले नेपालीबीचको एकता, अस्तित्व, र नेपालीहरु लाई  संरक्षण गर्नसक्ने संस्थाको रुपमा राजसंस्थाको अपरिहार्यता झनै सान्दर्भिकता देखिएको बताए ।

डा. लोहनीले प्रदेश २ को द्रूत आर्थिक प्रगति नहुन्जेल नेपालको आर्थिक विकास र खाध्य सुरक्षा हुन नसक्ने पनि बताए । उनले मधेसी जनताको पुरै उपेक्षा गरेर मधेसलाई ठूला दलहरुले प्रयोग गर्ने स्थान वा वस्तु मात्र बनाएको बताउँदै समावेशी र समानुपातिक ढंगले सबै वर्ग, क्षेत्र र लिंगलाई राष्ट्रको मुलधारमा स्थापित गराउने राजनीतिक दलको राप्रपालाई पुनः स्थापित गराउनु आफूहरु लागिपरेको बताएका थिए ।

मधेसी जनताको हक, अधिकार विवेदको अन्त्यको साथै राज्य व्यवस्थामा समावेशी र समानुपातिक प्रतिनिधित्वको लागि राप्रपा प्रतिवद्द रहेको समेत उनले बताउँदै यस परिवेशमा मुलुकलाई स्थायित्व दिन संविधानभित्रको राजसंस्था आजको आवश्यकता रहेको बताए ।

मानव विकासको दृष्टिकोणले प्रदेश नं २ का केहि जिल्ला संकटको स्थानमा छन् । यो तथ्यलाई प्रदेश र केन्द्र सरकारले आजसम्म पुरै उपेक्षा गरेका छन् । यो स्थानमा आमूल परिवर्तन गरी प्रदेश नं २ लाई  राष्ट्रको अर्थतन्त्रको अग्रणी शक्ति बनाउन राप्रपा प्रतिवद्द रहेको समेत डा. लाेहनीले बताए ।

कार्यक्रम पार्टी जिल्ला अध्यक्ष रामचन्द्र यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत