गाउँ सहर

गृहजिल्ला जाँदा खेलकूदमन्त्री तामाङले चार घण्टा अवरोध र कालोझण्डाको सामना गर्नुपर्‍यो

काठमाडौं । कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक पुगेको युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बीचबाटोमै अवरोध गरेर स्थानीयले कालो झण्डा देखाएका छन् । इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रुख ढालेर स्थानीयले कालो झण्डा देखाएका हुन् । 

मन्त्री तामाङलाई बाटोमा अवरोध गरेर ४ घण्टा मेलम्ची बजारमै रोकिएका थिए। इन्द्रावती गाउँपालिका ५ स्थित ऐँसेलुखर्क कार्यकर्ता भेलामा सहभागी हुन गृहजिल्ला सिन्धुपाल्चोक पुगेका हुन्। प्रहरीले स्थानीयले ढालेका रुख र नाराबाजीलाई नियन्त्रण लिएपछि मन्त्री कार्यक्रमस्थल पुगेका छन् ।

करिब ४ घण्टा बाटो अवरोध गरेर कालो झण्डा देखाएपछि मन्त्री तामाङ कार्यक्रम स्थल पुगेका छन् । मन्त्री तामाङ गृहमन्त्री रामबहादुर थापा बादल निकटका हुन् । 

नेकपा अनौपचारिक विभाजनपछि गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । गृह जिल्लामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पकड छ । तर, गृहमन्त्री थापा निकटका तामाङ ओली पक्षमा प्रवेश गरेपछि स्थानीयले गृह क्षेत्रमै अवरोध गरेका हुन् ।​

गाउँ सहर संवाददाता

तपाईँको मत