स्वास्थ्य

विश्वभर काेराेनाबाट २१ लाख १६ हजार मानिसकाे मृत्यु, एक लाख ११ हजारकाे अबस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५७ लाख ११ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७ करोड ९ लाख १८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९ करोड ८७ लाख ४६ हजार नाघेको छ भने मृतकको संख्या २१ लाख १६ हजार ३९१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ११ हजार २७१ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ५३ लाख ९० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख २४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २७ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ५२ लाख २२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९७ लाख ४३ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ६ लाख ४० हजार ५४४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५३ हजार २२१ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ३ लाख ८३८ जना निको भएका छन् । सक्रिय केस १ लाख ८६ हजार ४८५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ८७ लाख ५५ हजार जना संक्रमितमध्ये ७५ लाख ९४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख १५ हजारभन्दा बढी छन् । हाल ९ लाख ४५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ६८ हजार ९४८ जना पुगेका छन् भने २ लाख ६३ हजार ३४८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ९८६ पुगेको छ भने ३ हजार ६१४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत