जो व्यक्ति अल्छी हुन्छ, उसको स्वास्थ्य बिग्रन्छ र पैसासँग जोडिएको समस्या बढ्न थाल्छ
- गाउँ सहर संवाददाता
- १० माघ शनिबार, २०७७ | ०९:४१:०० मा प्रकाशित
काठमाडौँ । जसले अल्छीपना छोड्छ उसको स्वास्थ्यसँगै पैसासँग जोडिएको कुरामा लाभ मिल्न थाल्दछ । यस सम्बन्धमा एउटा कथा मनन गर्न सक्छौँ ।
प्राचिन समयमा एक धनी साहुजी अल्छी थिए । उनले हरेक कामको लागि नोकर राखेका थिए । उनी दिनभर खाटमा आराम गर्दथे र खान्थे मात्र । शारीरिक मेहनत गर्दैनथे । उनी दिनदिनै मोटाउन थाले जसलाई उनले ध्यान दिएनन् ।
मोटोपनासँगै उनमा धेरै रोग देखियो । स्वास्थ्य बारम्बार खराब हुन थाल्यो । घरका नोकरहरुलाई पनि थाहा थियो कि मालिक अल्छी छ भनेर अनि उनीहरुले बेइमानी गर्न थाले । त्यसपछि ती धनी मानिसको स्वास्थ्य सँगै पैसाको पनि नोक्सानी हुन थाल्यो ।
एकदिन साहुजीका साथी उनलाई भेट्न आए । साथीले उनी अल्छी भएको जान्दथे । उनीहरुले सेठ विरामी भएको देखे । साहुजीले मित्रसँग समस्या दूर गर्ने उपाय सोधे ।
साथीहरु समझदार थिए । उनीहरुले उपाय भएको तर उनले गर्न नसक्ने बताए । तब साहुजीले गर्छु केवल उपायमात्र बताउ भने ।
साथीले भने- दैनिक विहान गाउँमा सुनौलो पंक्षी आउने र उनले दर्शन गर्नुपर्ने बताए ।
भोलिपल्ट विहान साहुजी चाँडै उठेर घरबाहिर निस्किए अनि सुनौलो पंक्षी खोज्न थाले । उनले सोहि समयमा एक नोकर अन्न चोरेर बेचिरहेको देखे । यस्तै अर्को नोकर दूधमा पानी मिसाइरहेका थिए । साहुजीले दुबै नोकरलाई नोकरीबाट निकालिदिए ।
त्यो दिन उनलाई सुनौलो पंक्षी देखा परेन । अर्को दिन विहान साहुजी उठेर पुनः पंक्षी खोजे । विहान चाँडै उठेर शारीरिक मेहनतले उनको स्वास्थ्य सुधार हुन थाल्यो । नोकरहरु पनि साहुजीलाई देखेर इमान्दारीसँग काम गर्न थाले । यसरी नै साहुजीको स्वास्थ्य पनि राम्रो हुन थाल्यो र स्वास्थ्यसँगै पैसासँग जोडिएको समस्या दूर भयो ।
एकदिन साहुजीकोमा साथी फेरी भेट्न आए । साहुजीले भने- साथी तिमीले त भनेका थियौ, सुनौलो पंक्षी गाउँमा आउँछ । मैलै धेरै दिन हेर्दा पनि देखिएको छैन त ।
तब मित्रले भने- तिमी चाँडै उठेर हिँड्न सुरु गर्यौ, तिम्रो स्वास्थ्य राम्रो भयो । नोकरहरु पनि इमान्दारीसँग काम गर्न थाले । तिम्रो स्वास्थ्यमा सुधार भयो, यो नै तिम्रो सुनौलो पंक्षी हो जसले तिम्रो जीवन परिवर्तन गराइदियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस