गाउँ सहर

सर्वाेच्चको फैसला नेपालको संविधान र शासकीय प्रणाली अनुरुप आउँछ : अध्यक्ष ढकाल

राजनीतिक दलहरु तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएको प्रति परिवार दलद्वारा चिन्ता व्यक्त

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको शिफरिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको रिटमा सर्वाेच्च अदालतले गर्ने निर्णयले नेपालको संविधानको परिधी र शासकीय व्यवस्थालाई प्रष्ट पार्ने विश्वाश व्यक्त गरेका छन् ।

नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशले काठमाडाैँमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका ढकालले प्रतिनिधि सभाको विघटनको विषयमा देशका राजनीतिक दलहरु तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएको प्रति चिन्ता व्यक्त गर्दै अदालतमा विचाराधीन मुद्धालाई सडकबाट प्रभावित बनाउन नहुने भन्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

अध्यक्ष ढकालले संचार माध्यमले नकारात्मक समाचारलाई मात्र हेडलाइन बनाउन नहुने भन्दै सकारात्मक चिन्तनले मात्रै समस्याको सहि परिणाम हासिल हुने जिकिर गरे । ढकालले पुराना राजनीतिक दलहरुले जनतालाई पटक पटक धोका दिएकाले अब बैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउदै परिवार दल सोहि कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहित स्वार्थको लागि झुटो आश्वासन दिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाई बदनाम गर्दै हिँड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसंस्कार युक्त राजनैतिक शक्ति नेपालको आवस्यकता भयको जिकिर गरे ।  

अध्यक्ष ढकालले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने भन्दै निर्वाचनको लागि तयार रहन आफ्ना  कार्यकर्तालाई आग्रह गरे ।

दलका महामन्त्री बिनोद डाँगीले नेपाली जनताका हरेक दुःखमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए ।

दलका प्रवक्ता सन्तोष पौडेलले भविष्य भएको पार्टी नेपाल परिवार दल नै हो भन्दै सम्पूर्ण युवाहरुलाई आबद्ध हुन आह्वान गरे । दलका कोषाध्यक्ष एवम संविधान सभा सदस्य मिलन कुमारी राजबंशीले महिलाहरुलाई राजनीतिमा लाग्न जोड दिईन् ।

सुदूरपश्चिम प्रदेश परिवार दलका संयोजक खडक नागरिले सुदूरपश्चिममा परिवार दलको योगदान उल्लेख्य रहेको बताउँदै नागरिकहरुले थप आशा राखको उल्लेख गरे ।

परिवार दलका केन्द्रीय सदस्य रुपसिंह भण्डारीले संचालन गरेको कार्यक्रममा सो दलका केन्द्रीय सदस्यहरु गोबिन्द मिश्र, प्रकाश बाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, अनिल भण्डारी, सन्त बहादुर पन्त, पिया रत्न महर्जन लगायत सहभागी रहेको थियो ।

सुदूरपश्चिमेली कलाकारलाई परिवार दलको सम्मान

सुदूरपश्चिम क्षेत्रका कलाकारहरुलाई शुक्रबार सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् ।

यसरी सम्मानीत हुनेहरुमा चलचित्र क्षेत्रका नायक तथा मोडल भिम खड्का, म्यूजिक भिडियो निर्देशक जनक सिँह, कलाकार दिनेश बिष्ट, गायकद्वय दिपक जोशी, सागर जोशी, कलाकार निशान एस.के, गायक सरद कोली, तथा कलाकार भिम बिष्ट लगायत रहेका छन् ।

कलाकारिता क्षेत्रमा पुरयाएको योदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत