वातावरण

शनिबारकाे माैसम : बिहानीपख हुस्सु्/कुहिरो, सुदूर-पश्चिम पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडाैँ । शनिबार सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदूर-पश्चिम, गण्डकी, बागमती र प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

शनिबार दिउसो सुदूर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तर, सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यस्तै महाशाखाका अनुसार शनिबार राती सुदूर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । र रातिपनि सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले भनेकाे छ- देशको उच्च हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत