प्रतिनिधिसभा बिघटनको सूचना हतार-हतार पुरानो मितिमा राजपत्र छापेर किर्ते काम : भट्टराई
- गाउँ सहर संवाददाता
- ९ माघ शुक्रबार, २०७७ | १७:२५:०० मा प्रकाशित
काठमाडाैं । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतमा किर्ते काम भएको आरोप लगाएका छन् । हतार–हतार पुरानो मितिमा राजपत्र छापेर ल्याएर फेरि फाइलमा राखिएको भन्दै भट्टराईले किर्ते भएको आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानको कुनैधारा उल्लेख नगरि विघटनको चिट्ठी गयो, अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायब गरियो, अर्को चिट्ठी ल्याएर फायलमा राखियो, अनि फेरि अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ? हतार–हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरि फायलमा राखियो, किर्ते काम ?’
बिहीबार सर्वोच्च अदालतमा बहस हुँदा अधिवक्ता टिकाराम भट्टराईले प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा छैन भनेर प्रश्न उठाएपछि न्यायाशीशले पनि त्यो सूचना सोधखोज गर्न थालेका थिए ।
अदालतमा कुरा उठेपछि राताराता पुरानो मिति राखेर राजपत्रमा छापेर वेबसाइटमा राखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस