विश्व

टाईगर डग, जसलाई देख्नसाथ सबै  झस्कन्छन्

एजेन्सी । विश्वमा धेरै अनौठा कुराहरु रहेका छन्, । विश्वमा त्यस्ता चीजहरु छन् जसलाई पहिलोपटक देख्दा नक्कली वा सक्कली भनेर छुट्टयाउनै गाह्रो हुन्छ । 

भारतको तेलंगानामा एउटा कुकुर चर्चामा रहेको छ । यो कुकुर खासगरी बाघजस्तै देखिन्छ । त्यसकारण उक्त कुकुरलाई देख्ने मानिसहरु प्राय झुक्किने गर्दछन् । कुकुरको शरीरमा बाघका जस्तै धर्साहरु छन्, । स्थानीयका अनुसार  सानैदेखि यो कुकुरको शरीरमा यस्ता धर्साहरु छन् । त्यसकारण कुकुरलाई बाघ संझिएर धेरैपटक मानिसहरु झस्किने र डराउने गरेका छन् । स्थानीय मानिसहरु उक्त कुकुरलाई टाइगर डगको नामले चिन्दछन् । खेतमा काम गर्ने क्रममा एक जना गाउँलेले उक्त कुकुरलाई भेटेपछि घरमा ल्याएर पाल्न लागेको हो ।  

मानिसहरु मात्रै हैन अन्य जनावरहरु पनि कुकुरलाई देखेपछि डराएर भाग्ने गरेका छन् । ब्रिडिङ गरेर यस्तो प्रजातीको कुकुरको संख्या बढाउन सकिने पशुपालन विभागले जनाएको छ । मानिसहरुले पनि यस्ता कुकुरलाई पाल्नमा रुची देखाउार्दै आएको एजेन्सीले जनाएको छ । उक्त कुकुर त्यस क्षेत्रमा लोकप्रिय रहेको छ ।  टाइगर डगले चिनिने कुकुरलाई हेर्नका लागि अन्य गाउँबाट मानिसहरु आउने बताइएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत