समाज

प्रतिबन्धित लागुऔषधसहित २ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । प्रतिबन्धित लागुऔषधसहित २ जना प्रहरी नियन्त्रणमा परेका छन् । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेशकुमार साह र मिर्चैया नगरपालिका–८ निवासी २७ वर्षीय अनिल शर्मा रहेका छन् । 

इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

लागुऔषध बिक्री वितरणका लागि गोलबजारबाट लहानतर्फ आउँदै गर्दा गोप्य सूचनाका आधारमा स ७ प ५७१२ नंम्बरको पल्सर मोटरसाइकल र स १० प ५५२२ नंम्बरको मोटरसाइकलमा जाँच गर्दा लागुऔषध बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिएका छन्  ।

उनीहरुको साथबाट डिलक्स डिसी ३४  बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नोफिन इन्जेक्सन ४५ थान, फेनारगन ४५ थान, स्पासप्रोक्सन ४८ थान, नाइट्रोभेट ट्याब्लेट एक हजार ४९७ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत