राजनीति

'साइबर स्याल' र 'सेटिङ' मात्रै ओलीको साथमा : नेता घनश्याम भुषाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गल्ती सच्याउन अझै समय भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै भुसालले नसच्चिने हाे भने ओली पराजित हुनुको विकल्प नभएको बताएका छन् । 

भुसालले आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उभिनु दुर्भाग्य भएको बताएका छन ।

'संविधान पानीमा भिजाएर निर्वाचन हुँदैन। ओलीको जालझेल पूरा हुन हामी दिँदैनौं' भुसालले सम्बोधन गर्दै भने ।

ओलीसँग अब दुईटामात्रै शक्ति रहेको भुसालले बताए । 'साइबर स्याल' र सेटिङ मात्रै ओलीको साथमा रहेको उनले बताए ।

'अब अर्को ओली नजन्मियोस् भन्ने हामी ग्यारेन्टी गर्नेछौं । ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलाबाट बिदा लिनेछौं' उनले भने ‘आफूले दुई तिहाइ ल्याउने सुनिश्चित नहुँदासम्म केपी ओलीले चुनाव गराउँदैनन् ।’

गाउँ सहर संवाददाता

तपाईँको मत