अर्थतन्त्र

निफ्राको आईपीओ आगामी शुक्रबार बाँडफाँट हुने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । आगामी शुक्रबारसम्म आईपीओको बाँडफाँट हुने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । आईपीओमा १५ लाख ५० हजार ९० जनाले आवेदन दिएका छन् ।

क्यापिटलका अनुसार १५ लाख ५० हजार ९० जनाले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँको आवेदन दिएका छन् ।

बैंकको सेयरमा ४० कित्ता वा सो भन्दा कम माग गर्नेले माग अनुसार नै सेयर पाउने भएका छन् । त्यो भन्दा बढी आवेदन दिने आवेदनकर्तालाई गोलाप्रथा गरेर सेयर बितरण गरिने भएको छ ।

कतिपय आवेदन रद्द हुने भएकोले रीतपुर्वक आवेदन दिने आवेदकले आईपीओमा आवेदकले ५० कित्ता सेयर पाउने क्यापिटलले जनाएको छ ।


 

गाउँ सहर डेस्क

तपाईँको मत