गाउँ सहर

राष्ट्रिय विधि विज्ञान प्रयोगशामा १८ जना कर्मचारीको  दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशामा १८ जना कर्मचारीको  दरखास्त आह्वान गरिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रिक्त रहेका विभिन्न पदहरु परपूर्ति गर्न खुला प्रतियोगिताद्धारा १८ जनाको दरखास्त आह्वान गरिएको हो ।

प्रयोगशालाले लोक सेवा आयोगबाट लिखित परीक्षा संचालन गर्नेगरि कर्मचारी छनौट गर्ने भएको हो ।

प्रयोगशालाले प्राविधिक तर्फ सहायक वैज्ञानिक अधिकृत ६ जना र वैज्ञानिक सहायक ९ जना गरी जम्मा १५ जना कर्मचारी माग गरेको हो ।

त्यस्तै प्रशासन तर्फ प्रशासकीय सहायक १ जना, लेखापाल १ जना, कार्यालय सहायक १ जना गरि ३ जनाको दरखास्त माग गरेको हो ।

इच्छुक योग्यता पुगेका तह अनुसार १८ वर्ष देखि ४५ वर्ष ननाघेका नेपाली नागरिकहरुले माघ ९ गतेबाट फागुन ११ गतेसम्म र दोब्बर दस्तुर तिरी फागुन १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

दरखास्त फारम १ सय रुपैयाँ तिरी प्रयोगशालाको कार्यालय खुमलटार ललितपूरबाट प्राप्त गर्न सकिने छ ।

गाउँ सहर डेस्क

तपाईँको मत