अर्थतन्त्र

शुक्रबार ओरालो लाग्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौँ । लगातार तीन दिन बढेको सुनको मूल्य नेपाली बजारमा शुक्रबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो।

महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ, तेजावी ९२ हजार ४ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ, तेजावी ९२ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत