अर्थतन्त्र

चन्द्रागिरिको आईपीओ १ लाख ३९ हजार ६०२ जनालाई, सबै आवेदकलाई केबलकारमा २५ प्रतिशत छुट

काठमाडौँ । चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो ।

क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । दुई जनाले भने थप २ कित्ता शेयर अर्थात ११ कित्ता शेयर प्राप्त गर्न गरेका छन् ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन् । १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ ।

क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकमा बाँडफाँट गरिएको छ । अर्थात भाग्यमानी दुई जनाले ११ कित्ता शेयर प्राप्त गर्न भएका छन् । 

कम्पनीले आईपीओमा आवेदन गर्ने सबैलाई चन्द्रागिरी केलबकारमा २५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । यो योजना माघ ०५ देखि १ बर्ष सम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत