राजनीति

लाेकतान्त्रिक व्यवस्था र संघीयताप्रति कम्युनिष्ट कहिल्यै इमान्दार भएनन् : महामन्त्री तिमल्सिना 

सिन्धुपाल्चोक । प्रतिनिधिसभा विघटनको बिरोधमा नेपाली कांग्रेसले (बिहीबार) देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा बिरोध प्रदर्शन गर्ने क्रममा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनमा पनि कांग्रेसले बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका -३ नं वडा कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा नेविसंघ केन्द्रिय महामन्त्री तथा सिन्धुपाल्चोक कांग्रेस नेता बलदेव तिमल्सिनाले सम्बोधन गर्दै कम्युनिष्टहरू नेपालमा प्रजातन्त्र, गणतन्त्र र संघीयताकाे लाेकतान्त्रिक पद्धतिमा कहिल्यै इमानदार नभएको बताए ।

कोरोनाको मारमा जनता मरिरहँदा भ्रष्टाचारमा लिप्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कर्तुत लुकाउन ठूलो बलिदानीबाट प्राप्त परिवर्तनलाई प्रतिगमनतर्फ धकेलेको बताउँदै महामन्त्री तिमल्सिनाले प्रतिनिधिसभा विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकूल र जनभावना विपरीतको कार्य भएको टिप्पणी गरेका छन् । 

महामन्त्री तिमल्सिनाले अदालतले सम्बिधानको सही ब्याख्या गर्ने हो भन्दै सरकारको गलत निर्णय न्यायलयले सच्याउने छ र त्यसका निम्ति न्यायलयलाई दबाब दिन ओलीको असंवैधानिक कदमका बिरुद्ध काङ्ग्रेस सडकमा रहेको बताए ।

सबै कम्युनिस्ट एउटै भएको र नेपालको समृद्धि,परिबर्तन र सुशासनको निम्ति कम्युनिस्ट नै अभिशाप रहेकोले त्यस बिरुद्ध काङ्ग्रेसलाई साथ दिन आग्रह गर्दै संसद पुनर्स्थापना नै आजको निकास भएको उनले बताए । त्यसका निम्ति आदालत सरकारको दबाबबाट बाहिर निस्कनुपर्ने उनको भनाइ छ ।

कार्यक्रम तिमल्सिनाको प्रमुख आतिथ्यतामा नेपाली काङ्ग्रेसका नेता माधव भण्डारी, ज्ञानेन्द्र नेपाल पूर्व सभापतिहरु रामबहादुर भण्डारी, गोबिन्द भण्डारी समीर बम्जन, सोनाम लामा लगायतको आतिथ्यतामा सम्पन्न भएको साे कार्यक्रमको अध्यक्षता त्रिपुरासुन्दरी-३ का कांग्रेस कार्यसमिति उपसभापति गोरखबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत