प्रेरणा

मानिसहरु तीन प्रकारका हुन्छन् : ज्ञान मनपराउने, सम्मान मनपराउने र निजी लाभ चाहने

काठमाडौँ । यूनानका महान दार्शनिक सुकरातका शिष्य थिए प्लेटो । उनको जन्म करिब ४२८ इसा पूर्व भएको थियो । सुकरातको मृत्युपछि प्लेटोले समाज सुधारको लागि देशको यात्रा यूनानको एथेन्समा एक अकाडेमीको सुरुवात गरे । उनको मृत्यु ३४७ इसा पूर्वमा भएको थियो ।

प्लेटोका केहि प्रेरक विचारहरुः

  • थोरै गर्नुहोस्, तर राम्रो गर्नुहोस् । धेरै काम अधुरो गर्नुभन्दा कम काम राम्ररी गर्नुहोस् ।
  • साना-साना पत्थरबिना ठूला-ठूला पत्थर काम लाग्दैन । त्यस्तै हरेक व्यक्ति महत्वपूर्ण छन् ।
  • कुनैपनि मानिसले कसैलाई अत्यन्तै सजिलोसँग नोक्सानी पुर्याउन सक्छ । तर, अन्य व्यक्तिको लागि राम्रो काम गर्न सजिलो हुँदैन ।
  • मानिसहरु तीन प्रकारका हुन्छन् । पहिलो ज्ञान मनपराउने । दोस्रो मान-सम्मान मनपराउने । र तेस्रो आफ्नो निजी लाभ चाहने ।
  • यदि हामी आफ्नो योग्यतानुसार अर्काको काममा नअल्झि काममा लगाव दिए सम्पूर्ण चिज कयौँ गुणा राम्रो हुनेछन् ।

गाउँ सहर डेस्क

तपाईँको मत