राजनीति

न्यायलयले धर्म नछाडे प्रतिनिधसभा विघटन असंवैधानिक ठहर हुन्छ : ढुंगेल 

काभ्रे । प्रतिनिधिसभा विघटनको बिरोधमा नेपाली कांग्रेसले आज (बिहीबार) देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा बिरोध प्रदर्शन गरेको छ । प्रदर्शनलाई जिल्ला, केन्द्र तहका नेताहरूले सम्बोधन गरेका थिए ।

यसै क्रममा काभ्रेकाे भुल्भुमा पनि कांग्रेसले बिराेध कार्यक्रम सम्पन्न गरेकाे छ ।

उक्त कार्यक्रमलाई कांग्रेसका युवा नेता एवं नेविसंघ पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले सम्बोधन गरेका छन् ।

सम्बाेधन क्रममा नेता ढुंगेलले प्रतिनिधिसभा विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकूल र जनभावना विपरीतको कार्य भएको टिप्पणी गरेका छन् । अदालत अदालत जस्तो मात्र रह्यो भने संसद विघटन असंवैधानिक भएको पुष्टि हुन्छ ढुंगेल भने "देशको ध्यान कांग्रेस र न्यायलयमा केन्द्रित छ । अब कांग्रेसले देशलाई बाटो देखाउँछ भन्नेमा सबै नेपाली नागरिक ढुक्क रहेका छन् । सरकारको गलत निर्णय न्यायलयले सच्याउनेमा देशबासी विश्वस्त छन् ।" 

देशका सबै परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई कम नआक्न चुनौती दिँदै ढुंगेलले भने " पार्टीको आन्तरिक विवाद मिलाउन नसक्ने कम्युनिस्टहरुले देशलाई बचाउन सक्दैनन् । अब देशले शान्ति, विकास र अग्रगामी परिवर्तनका लागि कांग्रेस रोज्छ । हामी पार लगाउछाैँ, तपाईहरु ढुक्क रहनुस् ।"

कार्यक्रम ढुंगेलको प्रमुख आतिथ्यतामा तथा नेपाली कांग्रेस भुम्लु गाउँपालिका प्रमुख प्रत्याशी उम्मेद्वार तस्बिर लामा र नेविसंघ नेता नारायण हमालको आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता भुम्लु - ४ का कांग्रेस कार्य समिति अध्यक्ष सुर्यबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको स्थानीय कांग्रेस नेता सुजन लामाले बताए ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत