अर्थतन्त्र

नेप्से ३१.८७ अंकले बढ्यो, ७ अर्ब ७९ करोडको कारोबार

काठमाडौँ । दैनिक रुपमा नयाँ उचाई हासिल गर्दै आएको शेयर बजार परिसूचक नेप्से यो साताको अन्तिम दिन कीर्तिमानी उचाइमा रहेको छ ।

नेप्से ३१.८७ अंकले बढेको बजार २३७४.६४ अंकमा उक्लिएको छ । बजारमा बहार आउँदा झण्डै दुई दर्जन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा पुग्दा कारोबारमा  सुधार आएको नेप्सेले जनाएको छ ।

बैंकिङ र म्याचुअल फण्ड बाहेक सबै उपसूचक हरियो भएको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक करिब ४.९४ प्रतिशतले बढेको छ ।

यस्तै लघुवित्तको सूचक पनि चार प्रतिशतले उकालो लागेको छ । यसदिन बैकिङ र म्युचुअल फण्ड बाहेक सबै समुहका सूचक सकारात्मक रहे ।

२०९ कम्पनीको ७ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा १ करोड ८१ लाखभन्दा बढी कित्ता शेयर किनबेच भए । यसदिन झण्डै २ दर्जन कम्पनीको भाउ सर्किट लेभलमा बढेको छ । नेपाल लाइफको सबैभन्दा धेरै ५३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

मूल्य बढेर सर्किट लाग्ने अधिकांश कम्पनीहरु लघुवित्त समुहका छन् । सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, महिला सहयात्रा लघुवित्त, ग्रामिण विकास लघुवित्त, आशा लघुवित्त, सबैको लघुवित्त, गुरास लघुवित्त, सुर्योदय लघुवित्त, सारथी नेपाल लघुवित्त र इन्फिनिटी लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यस्तै शिखर इन्स्योरेन्स, युनाइटेट इन्स्योरेन्स, प्रभु लाइफ, अरुण काबेली पावर, गुर्खाज फाइनान्स, कर्पोरेट डेभलोपमेन्ट बैंक, नेपाल फाइनान्स, माउन्टेन इनर्जी, श्री इन्भेष्टमेन्ट, कर्णाली डेभलोपमेन्ट बैंक, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सात प्रतिशत बढीले घटेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत