अर्थतन्त्र

शेयर बजार साताको अन्तिम दिन कीर्तिमानी उचाइ कायम गरि बन्द

काठमाडाैं । शेयर बजार परिसूचक नेप्से यो साताको अन्तिम दिन बढेर कीर्तिमानी उचाइ कायम गरि बन्द भएकाे छ ।

बिहीबार नेप्से परिसूचक ३१.८७ अंक बढेर २३७४.६४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बन्द विन्दु हो ।

 

यसदिन बैंकिङ र म्याचुअल फण्ड बाहेक सबै उपसूचक हरियो भएको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समुह बढेको छ ।

२०९ कम्पनीको ७ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा १ करोड ८१ लाखभन्दा बढी कित्ता शेयर किनबेच भए ।

नेपाल लाइफको सबैभन्दा धेरै ५३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यस दिन नेप्से नयाँ उचाइमा पुगेसँगै १३६ कम्पनीहरुको शेयरमूल्य बढ्दा २० कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

मूल्य बढेर सर्किट लाग्ने अधिकांश कम्पनीहरु लघुवित्त समुहका छन् ।

सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सात प्रतिशत बढीले घटेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत