राजनीति

नाराबाजी गरेपछि प्रचण्ड - माधव पक्षका ९ कार्यकर्ता पक्राउ

सप्तरी । नाराबाजी गरेपछि प्रचण्ड-माधव पक्षका ९ कार्यकर्ता पक्राउ परेका छन् । सप्तरीमा सभा बिथोलेको आरोपमा (नेकपा)  प्रचण्ड—माधव पक्षका आधा दर्जन बढी  युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । राजविराजमा ओली पक्षले गर्न लागेको कार्यक्रम बिथोलेको आरोपमा प्रचण्ड –माधव पक्षका ९ नेता कार्यकर्ता पक्राउ परेका हुन्। नेकपा ओली समूह निकट युवा सङ्घले आयोजना गरेको कार्यक्रममा प्रचण्ड–माधव समूह निकट युवाहरुसँग झडप भएको थियो । 

पक्राउ पर्नेमा प्रचण्ड-माधव पक्षका जिल्ला कमिटी सदस्य राजु जैसवाल ,छेदी रजक, विद्यार्थी नेता छोटेलाल यादव ,मुकेश यादव, प्रेमकुमार यादव, भुपेन्द्र यादव, विनोद यादव, बम झा लगायत रहेका छन् ।

ओली समूह निकट युवा संघ सप्तरीले निकालेको र्याली प्रचण्ड माधव पक्षले  विथोल्ने प्रयास गरेको आरोप लगाइएको छ । उनीहरुलाई झडपका क्रममा पक्राउ गरिएको  सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका ओली समूहका नेता महेश बस्नेतबिरुद्ध चर्का नारावाजी गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत