भिडिओ

पूरै हेर्नुहोस् चलचित्र ‘छ माया छपक्कै’

काठमाडौँ । पछिल्लो समय चलचित्र युट्युबमा अपलोड गर्ने क्रम बढेको छ । केही समय अगाडि ‘छक्का पञ्जा’ को अन्तिम सिरिज युट्युबमा अपलोड गरिएको थियो । 

बिहीबार अर्को चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा अपलोड गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टलगायत कलाकार मुख्य भूमिकामा छन् ।

खाने पानीको अभावको कथा समेटेको चलचित्रलाई रोहित अधिकारीले निमर्ण गरेका हुन् । ‘छ माया छपक्कै’ दर्शकले हलमा रुचाएको चलचित्र हो ।

डिजिटल राइट्स लिएका तर लामो समय होल्ड गरेका बसेका युट्युब च्यानल कम्पनीहरुले केहीसमय यता युट्युबमा चलचित्र अपलोड गरिरहेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत