निर्माण

तातोपानी नाका २० दिनका लागि बन्द

सिन्धुपाल्चोक । तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । नेपाल चीनबीचको सीमा मितेरी पुलको जग पुन निमार्ण गर्न आजदेखि तातोपानी नाका बन्द गरिएको हो । २० दिनका लागि नाका बन्द गरिएको चिनियाँ पक्षबाट जानकारी आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिएका छन् ।

जनवरी २० देखि नाका बन्द गरिने चिनियाँ पक्षले बताएको छ खत्रीले भने, ‘तिब्बत सरकारले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको र भन्सार कार्यालयलाई बढीमा २० दिन नाका बन्द हुने जानकारी आएको छ’ । प्राबिधिकको सिफारिश अनुसार चीनँ सरकारले मितेरी पुलको जग पुननिमार्ण गर्न थालेको छ । गएकोे बर्षाका बाढीले मितेरी पुलको जग खलबल्लाए पछि चीन सरकारले पुलको मर्मत सुधार गर्न लागेको छ ।

केही दिन अघि नै खासा र न्यालाम क्षेत्रमा नेपाली ब्यापारीका थुप्रिएका सामान नेपाल ल्याइएको थियो । उक्त सामान नेपाल पठाएपछि मात्र चीनले पुलको जग पुन निमार्ण गर्न लागेको प्रमुख खत्रीले बताए । दुई देशको सीमा क्षेत्रमा रहेको मितेरी पुलको जग पुन निमार्ण गर्न नेपाल पक्षको तातोपानी सुख्खा बन्दरगाहलाई जानकारी गराएर जग पुन निमार्ण गर्न लागेको खत्रीले जानकारी दिएका छन् ।

२०७२ बैशाख १२ को बिनाशकारी भूकम्पले मितेरी पुल आंशिक क्षति पुर्याएको थियो । भूकम्पपछि चीन सरकारले करिब चार बर्ष एकतर्फी रुपमा नाका पूर्णरुपमा बन्द गरेको थियो । २०६६ जेठमा आंशिकरुपमा नाका खुलाएपनि असार महिनामा बाढी र पहिरोको कारण फेरि उक्त नाका बन्द गरिएको थियो । बाढी पहिरोको कारण देखाउदैं चीनले तातोपानी नाका एकतर्फी रुपमा बन्द गदै आईरहेको छ । कोरोना भाइरस देखिएपछि चीनले नाका मनलागे आंशिक खुलाउने त मनलागे पूर्ण रुपमा बन्द गराउदैं आएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेद बहादुर श्रेष्ठले जानकारी दिएका हुन् । भूकम्पपछि उक्त नाकाबाट अहिलेसम्म कुनै सामान निर्यात नभएको खत्रीले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत