स्वास्थ्य

संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल पोखराको पहिलो अर्धवार्षिक समीक्षा कार्यक्रम  सम्पन्न 

लेखनाथ । गण्डकी प्रदेश मातहतमा रहेको संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल पोखरा–३० को पहिलो अर्धवार्षिक समीक्षा कार्यक्रम  सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशकी सामाजीक विकास मन्त्री नरदेवी पुनले अस्पताल मार्फत गुणस्तरीय सेवा प्रदान गर्न मन्त्रालयले सहयोग गर्ने वताईन । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव बिनोद कुवँरले सरकारबाट प्रदान गरिने सेवालाई प्रभावकारी वनाउन आवश्यक समन्वय गरी छिटृै नै अस्पताल विकास समिति गठन गरिने वताएका थिए ।

कार्यक्रममा अस्पतलका कार्यकारी निर्देशक विनोद गौचनले २०७७ साउन १ गतेदेिख प्रदेश सरकार मातहत आएको अस्पतालले हालसम्म दुई सय ७४ जना कोरोनाका बिरामीहरु र एक हजार दुई सय २ जना अन्य रोगका विरामीहरुको उपचार गरिएको वताएका थिए ।

साथै अस्पतालले तिन सय ९६ जनालाई एक्सरे सेवा प्रदान गरेको जानकारी दिंदै छिटैेृ नै आईसियू, एच डि यू र शल्यक्रिया सेवा प्रदान गर्ने तयारी भईरहेको र आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै कोरोना संक्रमित विरामिको उपचार सेवा एवं नियमित स्वास्थ्य सेवा पनि सँगसँग सञ्चालन गरिने डा.गौचनले वताए ।

यस्तै पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेलले अस्पतालको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए । सोही अवसरमा हालै गण्डकी प्रदेश सामाजीक विकास मन्त्रालयको सचिवको रुपमा आएका विनोद कुँवरलाई स्वागत गरिएको थियो ।

अस्पतालको निर्देशक विकास गौचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुचना अधिकृत केदार लामिछानेले गरेका थिए भने धन्यवाद ज्ञापन निमित्त मेसु डा.त्रिभुवन भण्डारीले गरेका थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत