प्रतिनिधिसभा विघटनविरुद्ध खाँडादेवीमा कांग्रेसकाे मशाल जुलुश
- गाउँ सहर संवाददाता
- ७ माघ बुधबार, २०७७ | १९:१७:०० मा प्रकाशित
रामेछाप । प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध रामेछापकाे खाँडादेवीमा नेपाली कांग्रेसले मशाल जुलुश निकालेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध खाँडादेवीमा नेपाली कांग्रेसले मशाल जुलुश निकालेकाे रामेछाप-काठमाडाैं सम्पर्क समितिका अध्यक्ष राजनारायण श्रेष्ठले जानकारी दिए ।
जुलुशमा प्रधानमन्त्री र सरकारबिरूद्ध चर्का नारा लागेका थिए ।
मशाल जुलुशमा खाँडादेवी गाउँपालिकाका नेता तथा कार्यकर्ताहरूकाे उल्लेख्य संख्यामा सहभागिता थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेपछि सो कदमको चौतर्फी विरोध भएको छ ।
नेपाली कांग्रेसले बिहीबार देशैभरीका वडाहरूमा विरोध प्रदर्शन आयोजना गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस