वातावरण

बिहिबारकाे माैसम यस्ताे छ, प्रायः स्थानमा सामान्यतया सफा

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै पश्चिमी र मध्य तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

महाशाखाका अनुसार माघ ८ गते (बिहिबार) दिउसो प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

यस्तै राती प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत