गाउँ सहर

राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भन्दै ठगी गर्ने थापा पक्राउ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भन्दै सजिलै अमेरिका पठाइदिने आश्वासन दिएर ठगी गर्ने एक जना पक्राउ परेका छन् । ठगी गरेको अभियोगमा काठमाडौंको दरबारमार्गबाट संखुवासभाका ६० वर्षीय तुलसी थापा पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका ७ मित्रपार्क बस्ने थापाले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको परिचयपत्र बनाई ठगी गरेको प्रहरीको आरोप छ । थापाले अमेरिका लैजाने प्रलोभन देखाई १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले आफु अमेरिका जाँदा मल्टिपल भिसा लगाइदिने प्रलोभन देखाएका थिए । 

प्रारम्भिक अनुसन्धानबाट पाँच वर्षको मल्टिपल भिसा लगाएर अमेरिका लैजाने आश्वासन दिएर उनले १५ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

थापालाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ  पठाईएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत