समाज

लागुऔषध सहित प्रहरी नियन्त्रणमा

काठमाडौँ । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । कास्की पोखरा हिमचुली मार्गबाट नियन्त्रित लागूऔषध १० एम्पुल डाईजेपाम, १० एम्पुल फेनारगन, १० एम्पुल नुर्फिन, नगद १८ हजार रुपैयाँ र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बर्दिया ठकुरद्वार नगरपालिका–८ घर भएका २९ वर्षीय मिन रानाभाट र बाँके कोहलपुर नगरपालिका १७ घर भएका २७ वर्षीय बिशाल राना मगर रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले मिन रानाभाटको कोठाबाट उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

त्यसैगरी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरबाट ७० ग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँमा होटल व्यवसाय गर्ने ४१ वर्षीय देबेन्द्र बहादुर कठायतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनको साथबाट उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, पर्सा वीरगंज रजतजयन्ती चोकबाट २ सय ३१ पीस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सोही महानगरपालिका–९ बस्ने १३ वर्षीय बालकलाई प्रहरीले मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा चेकिङमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी ती बालकलाई पक्राउ गरेको जनाएको छ । 

साथै मकवानपुर बागमी गाउँपालिका ६ बस्ने २२ वर्षीय दिपक पोख्रेलले ती बालकलाई उक्त लागूऔषध बोक्न लगाएको खुल्न आएपछि दिपकलाई समेत प्रहरीले पक्राउ गरेको बताएको छ ।

 यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत