स्वास्थ्य

बुधबार मुलकभरकाे काेराेना अपडेट : ६ जनाकाे मृत्यु, ३८३ संक्रमणमुक्त, थप ३१८ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७५ पुगेको छ ।

बुधबार पाँच हजार १२ जनाको कोरोना परिक्षण गरिएकोमा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६२ हजार ६४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ११६, भक्तपुरमा ३ र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर १६५ जना कोरोना संक्रमितको आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत