विश्व

अभिनेत्री मौनी राय विवाह गर्दै

एजेन्सी । अभिनेत्री मौनी राय पनि विवाह गर्ने तयारीमा छन् । मौनीले दुबईका बैंकर सुरज नाम्बिआरसँग विवाह गर्ने समाचार एजेन्सीले जनाएका छन् । उनीहरु हाल प्रेम सम्बन्धमा रहेका छन् । एक रिपोर्ट अनुसार उनीहरुले चाँडै नै विवाह गर्ने योजना बनाएका छन् ।

मौनीले सुरजसँगको प्रेम सम्बन्धको बारेमा इन्स्टाग्रामबाट अफिशियल गरिदिएकी हुन् । उनले सुरज र उनका परिवारको साथमा सामाजिक सञ्जालमा फोटो पनि शेयर गरेकी छन् ।

मौनी सुरजसँग भन्दा पहिला गौरव चोपडा र मोहित रैनासँग प्रेम सम्बन्धमा थिइन् । उनी चाडैनै फिल्म ब्रम्हास्त्रमा देखिने भएकी छन् । फिल्ममा रणबीर कपुर, आलिया भट्ट र अमिताभ बच्चनलाई पनि देख्न पाइनेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत