सत्ता लिप्साका कारण देश विदेशीहरुको क्रिडास्थल बन्ने खतरा : अध्यक्ष लाेहनी
- गाउँ सहर संवाददाता
- ७ माघ बुधबार, २०७७ | १६:१४:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेकपा सरकार सत्ता लिप्सा र भ्रष्टाचारको कारण देश अराजकतातर्फ धकेलिएको बताएका छन्।
राजविराजमा पार्टीको जिल्ला स्तरीय भेलालाई सम्बाेधन गर्दै अध्यक्ष लाेहनीले सरकार चौतर्फी रुपमा असफल भएको कारण नेपाल अहिले विदेशीहरुको क्रिडास्थल बन्ने खतरा भएको बताए ।
ओली सरकारले संविधानमै उल्लेख नभएकाे काल्पनिक प्रावधान प्रयोग गरि प्रतिनिधिसभा विघटन गर्नु पूर्णत असंवैधानिक रहेको उल्लेख गरे ।
सर्वोच्च अदालतलाई संविधानको सर्वोच्चता कायम गर्ने ऐतिहासिक अवसर समेत आएको बताए । पार्टीको जिल्ला स्तरीय भेलालाई सम्बाेधन गर्न सप्तरीको राजविराज पुगेका लोहनीले नेपालको राष्ट्रियताको जग बलियो बनाउन राज्यको विभिन्न अंगमा अदिबासी, जनजाती, दलित, मधेसी र खसआर्यको समानुपातिक उपस्थिति अनिवार्य रहेको बताउदै यसप्रति हालसम्मका स्वघोषित क्रन्तिकारी सरकारहरुको ध्यान नजानु आश्चर्य रहेको बताउनु भएको छ ।
डा. लोहनीले राष्ट्रिय एकतालाई बल पुर्याउन संविधान अन्तर्गतकाे राजसंस्था र नेपाली पहिचानको निमित्त हिन्दुराष्ट्र कायम गर्न संविधानको संशाेधन आवश्यक रहेको समेत बताए ।
जिल्ला स्तरीय सभा सप्तरी अध्यक्ष उमदेश्वर साहको सभापतित्वमा सम्पन्न भएको थियाे । सभालाई राप्रपाका नेताहरु रामचन्द्र राय, भोला साह, श्याम तिमिल्सिना, जनकराज पाठक, राजु लोहनी लगायतले सम्बाेधन गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस