समाज

कटुवा पस्तोलसहित युवक पक्राउ

जनकपुरधाम । कटुवा पस्तोलसहित युवक पक्राउ परेका छन् । धनुषा प्रहरीले जनकपुरधामबाट हतियारसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लक्ष्मिनियाँ गाउँपालिका वडा नंंम्बर १ बस्ने २५ वर्षका विवेक यादव रहेका छन् । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं १९ स्थित ५२ बिगाहा जाने बाटोबाट यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले यादवको साथबाट दुई थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई वटा गोली बरामद गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन् ।

हतियार ओसार पसार गरिरहेको गोप्य सूचनाको आधारमा यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीका प्रवक्ता समेत रहनु भएका प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिएका छन् ।

पक्राउ परेका यादव माथि हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा चलाइने जनाउँदै अन्य विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत