समाज

एक युवकको जलाएर हत्या

काठमाडौँ । रुपन्देहीमा जलाएर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको शव सनाखत हुन सकेको छैन ।

मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिएका छन् ।

घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत